२०८३ जेष्ठ ४, सोमबार
May 18, 2026

पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा ग्रीनल्याण्ड स्कुल विजयी

Banako Khabar
२०८० माघ १५ गते, सोमबार

चितवन । नेपाली युवा उद्यमी मञ्च जनकपुर शाखाको आयोजनामा भएको पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा चितवनको भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको छ । जनकपुरधामको मोनाष्टिक स्कुलमा माघ ११ देखि १३ गतेसम्म आयोजित सम्मेलनमा विद्यालयले ‘टेक विज’ विधामा समेत पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

जनकपुरमा आयोजित पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा विभिन्न जिल्लाका १२ विद्यालयका करिब दुई सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । विगतदेखि नै शिक्षामा रुपान्तरण प्रदान गर्दै आएको विद्यालयलाई यसैवर्ष एक्जिटो इन्टरनेशन सिङ्गापुरले समेत ‘इन्नोभेसन स्कुल अवार्ड २०२३’ प्रदान गरेको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरु प्रशिक्षक रहेको सम्मेलनमा प्रशिक्षण पश्चात विद्यार्थीहरुले विभिन्न पेन्टिङ, चुरा, तिलका लड्डुसहित खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीले तयार पारेका विभिन्न बस्तु तथा खाद्य परिकारलाई उनीहरुले त्यहीँ आयोजना गरिएको मेलामा बिक्रीसमेत गरेका थिए । विद्यार्थीले निर्माण गरेको बस्तुको प्रदर्शनी र बिक्री सहितका विभिन्न क्रियाकलापका आधारमा ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको हो ।

नेपाली युवा उद्यमी मञ्च जनकपुर च्याप्टरको आयोजनामा जनकपुरधामको मोनाष्टिक स्कुलमा समापन समारोहमा पूर्वमन्त्री जुली महतो प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर, नेपाली युवा उद्यमी मञ्चका उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, जनकपुरधामका मेयर प्रतियासी शिव शंकर साह हिरा, प्रदेश कमिटी सदस्य अनिता साह, फोरम जनकपुर च्यापटरका अध्यक्ष तथा मानाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह लगायत अतिथि रहनुभएको थियो । समापन समारोहमा उपस्थित नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ सहित आयोजकले समापन समारोहका प्रमुख अतिथि सहितका अतिथिहरुलाई सम्मान गरेको थियो ।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.25
153.85
European Euro
1
178.17
178.87
UK Pound Sterling
1
204.21
205.01
Swiss Franc
1
194.71
195.48
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
111.46
111.89
Singapore Dollar
1
119.66
120.13
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
40.84
41.00
Qatari Riyal
1
42.06
42.23
Thai Baht
1
4.69
4.71
UAE Dirham
1
41.72
41.89
Malaysian Ringgit
1
38.79
38.94
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.84
23.93
Hong Kong Dollar
1
19.57
19.65
Kuwaity Dinar
1
500.24
502.20
Bahrain Dinar
1
406.34
407.93
Omani Rial
1
398.05
399.61