Opens in a new tab
२०८३ आश्विन ३, शनिबार
September 19, 2026

मनहरी महोत्सवमा लोकल माछाको म.म पाइने

Banako Khabar
२०८० माघ १५ गते, सोमबार

मनहरी–माघ १४ गते । पश्चिम् मकवानपुरको मनहरी खोला किनारमा व्यवस्थापन गरिएको पाँचौ मनहरी महोत्सव २०८० सुरु हुन अब दुई दिन मात्र बाँकी छ । माघ १६ गते दिउँसो महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । यसअघि मनहरी ७ मनकामना मन्दिर परिसरबाट निकालिने शोभायात्राको स्थान परिबर्तन गरिएको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ । मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट शोभायात्रा निकाल्नेगरी तयारी गरिएको छ ।
१५० वटा स्टल रहेको महोत्सवमा स्टल र स्टेज निर्माण कार्य अन्तिम चरणमा पुगेको स्टल संयोजक शिवशंकर स्याङ्तानले बताउनुभयो । महोत्सवमा ३० वटाभन्दा बढी स्थानीय व्यवसायी, व्यापारी र प्रदर्शकहरुले बुकिङ गरेका छन् । अन्य स्टलहरु बाहिरबाट आउने तयारी छ ।
यसैबीच मनहरीको पहिचानको रुपमा रहेको तामा र माछाको स्वाद चखाउने तयारी गरिएको छ । मनहरी गाउँपालिका ४ मा रहेको भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले तामा र माछाको स्वाद दिलाउने गरी स्टल बुकिङ गरेको छ । स्टलमा जिउँदो माछा समेत राखिनेछ भने माछाको मम, माछा फ्राइ, माछाको सेकुवा समेत बिक्री गरिने प्रालिका सञ्चालक खेमराज गुरुङले बताउनुभयो । ‘मनहरीको पहिचान भनेकै माछा र तामा हो’, आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव पदमबहादुर तितुङले भन्नुभयो–‘यसपटकको जाडो याममा महोत्सव परिसरमै तामा र माछाको स्वाद चखाउने व्यवस्था मिलाएका छौँ ।’
पाँचौ सृंखलाको मनहरी महोत्सवमा राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रचारप्रसार प्रबद्र्धन गर्ने आयोजकले उद्धेश्य राखेको छ । लुकेका प्रतिभाहरुलाई उजागर गर्दै राष्ट्रि स्तरका कलाकारहरुको प्रस्तुतिलाई समेत महोत्सवमा जोडिएको प्रचार प्रसार उपसमिति संयोजक राजु राउतले बताउनुभयो । कोरोनाका कारण २०७५ सालदेखि रोकिएको महोत्सव ५ बर्षको अन्तरालमा आयोजना हुन लागेको हो । पाँचौ मनहरी महोत्सव ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22