Opens in a new tab
२०८३ आश्विन ३, शनिबार
September 19, 2026

मनहरी महोत्सवको तयारी पूरा, भोलि उद्घाटन गरिने

Banako Khabar
२०८० माघ १५ गते, सोमबार

मनहरी – माघ १५ गते । पश्चिम् मकवानपुर स्थित मनहरी किनारमा माघ १६ गतेबाट सुरु हुन लागेको पाँचौ मनहरी महोत्सवको सबै तयारी पूरा भएको छ । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले मनहरी खोला किनारस्थित महोत्सव स्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्टल र स्टेजको साजसज्जाका केही काम उदघाटन अघि नै सकिने गरी काम अघि बढेको जनाएको छ ।
समितिका सभापति गणेशमान मानन्धरका अनुसार महोत्सवको उदघाटन पूर्व गृहराज्यमन्त्री एबम् बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँले गर्नुहुनेछ । उद्घाटनअघि मनहरी गाउँपालिका वडा नं ८ स्थित कार्यालय परिसरबाट शोभायात्रा निकालिनेछ । शोभायात्रामा विभिन्न जातजाति, धर्म र भेषभुषाबाट सज्जित पहिचानसहितका संघसंस्थाहरुले सहभागिता जनाउनेछन् ।
महोत्सवमा १५० वटा स्टल राखिएको आयोजकले जनाएको छ । दैनिक रुपमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा स्थानीय कृषि, पर्यटन लगायतका बिधालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । महोत्सवमा चेपाङ, तामाङ, बनकरिया समुदायको जीवनशैली झल्कने स्टलहरु प्रदर्शनीमा छन् ।
महोत्सवलाई ६० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक समितिका संयोजक समेत रहनु भएका सभापति मानन्धरले बताउनुभयो । महोत्सवको संरक्षकमा मनहरी गाउँपालिका रहेको छ भने सह आयोजकमा राक्सिराङ र कैलाश गाउँपालिका रहेको छ ।
महोत्सव सफल पार्नका लागि मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले २३ वटा उपसमितिहरु गठन गरी परिचालन गरेको थियो । ५ बर्षको अन्तरालमा हुन लागेको महोत्सवमा टिकट शुल्क ७० रुपियाँ र विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको समितिका महासचिव पदमबहादुर तितुङले जानकारी दिनुभयो ।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22