२०८३ जेष्ठ ४, सोमबार
May 18, 2026

राप्तीमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महाेत्सव हुँदै

Banako Khabar
२०८० माघ १६ गते, मंगलवार

राप्ती । पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नं ९ वानग्रुपमा तामाङ समुदायको साँस्कृतिक पर्व मंजू श्री सम्बत २८६० डुकः ल्हो (गरुड वर्ग) सोनाम ल्होछारको अवसरमा यहि  माघ २४ गते देखि २७ गते सम्म  प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महाेत्सव २०८० हुने भएकाे छ । 
श्रीच्योमदेन दे ढा च्योम गुम्बाकाे आयाेजनामा गुम्बा परिसरमा साँस्कृतिक महाेत्सव हुने भएकाे हाे । आयाेजकले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि साँस्कृतिक उत्सवकाे तयारी र उद्देश्यका बारेमा जानकारी दिएकाे छ । पुरानो ल्हो (बिरालो बर्ग) को बिदाई र नयाँ ल्हो (गुरुड बर्ग) को स्वागतको रुपना तामाङ समुदायले  सोनाम ल्होछार मनाउदै आएका छन् । तामाङ समुदायकाे परम्परागत संस्कृति जाेगाउन र गुम्वालाई धार्मिक पर्यटकीय स्थलकाे रुपमा विकास गर्न महाेत्सव आयाेजना गरिएकाे श्रीच्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष देबराज लामाले जानकारी दिए ।
सोनाम ल्हाेछारलाई थप विशेष बनाउन र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक पर्वकाे रुपमा विकास गरी स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्रि, विभिन्न मौलिक खानपिन तथा परिकारहरुको बिक्रि वितरण र स्थानीय व्यवसायीहरुको व्यापार व्यवसाय बृद्बि तथा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले  महाेत्सव आयोजना गरिए‌को हाे । चार दिन सम्म चल्ने महोत्सबमा तामाङ साँस्कृति कला प्रबर्द्धन हुनेगरी विभिन्न साँस्कृतिक गतिविधिहरु गरिनेछ। जसमा तामाड मौलिक खानेकुराहरु, भेषभुषा तथा विभिन्न स्थानीय उत्पादनका सामानहरु लगायतको स्टलहरु रहनेछन। महोत्सबमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको  प्रस्तुतिका साथै तामाङ समुदायको लोपन्मुख मौलिक बाजा डम्फु सेलो, खान्दोकी सेलो, म्हेंन्दाे माया सेलाे, फापरे सेलो र स्थानीय ब्याण्डहरूको प्रस्तुति रहने छ ।
महोत्सबमा चितवन जिल्ला भरिको तामाङ तथा गैर तामाङ, छिमेकी पालिकाहरु राक्सिराङ, मनहरी लगायतबाट करिब ५० हजार दर्शकले अबलोकन गर्ने र करिब १ करोड १० लाख बराबरको काराेबार हुने अनुमान गरिएकाे छ । महोत्सवकाे मुनाफाबाट गुम्बाको प्राङ्गणमा २० फिट अग्लो बुद्धकाे मुर्ति स्थापन गरिने छ । महाेत्सवकाे साँस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित सेलो गायक उर्गेन दाेङ, बिशाल काल्देन, जितु लाेप्चन, एलिना चाैहान, श्याम राना, चिज तामाङ, रेखा लामा, ज्योति मगर, सरोज लामिछाने, हास्यकलाकार हर्के हवल्दार, द एक्स ब्याण्डकाे प्रस्तुती रहने छ । महाेत्सवकाे नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति र राप्ती नगर समिति संरक्षण रहने छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सचिव गाेमन सिंह लामाले साेनाम ल्हाेछारकाे साँस्कृतिक महत्वकाे बारेमा प्रकास पारेका थिए ।
पत्रकार सम्मेलनको प्रमुख आतिथ्यता नेपाल तामाङ घेदुङ संघका केन्द्रिय सचीव गोमन सिंह लामाले गरेका थिए । त्यस्तै कार्यक्रममा राप्तीका उपमेयर देवेन्द्र लामा, निबर्तमान उपमेयर इमानसिंह लामा, वडा नं ५ का वडाध्यक सिताराम तामाङ, नेपाल तामाङ घेदुङ संघ राप्ती नगर अध्यक्ष सन्देश घलानकाे उपस्थिति रहेकाे थियाे । 

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.25
153.85
European Euro
1
178.17
178.87
UK Pound Sterling
1
204.21
205.01
Swiss Franc
1
194.71
195.48
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
111.46
111.89
Singapore Dollar
1
119.66
120.13
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
40.84
41.00
Qatari Riyal
1
42.06
42.23
Thai Baht
1
4.69
4.71
UAE Dirham
1
41.72
41.89
Malaysian Ringgit
1
38.79
38.94
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.84
23.93
Hong Kong Dollar
1
19.57
19.65
Kuwaity Dinar
1
500.24
502.20
Bahrain Dinar
1
406.34
407.93
Omani Rial
1
398.05
399.61