२०८३ जेष्ठ ४, सोमबार
May 18, 2026

नेपाल लोकतन्त्रवादी चेपाङ संघको अध्यक्षमा सन्त चेपाङ मनोनित

Banako Khabar
२०८० माघ १८ गते, बिहीबार

१७ माघ २०८० हेटौंडा– नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार चेपाङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
महासंघको विधान २०७९ को परिच्छेद २ को धारा ४ को उपधारा (क) बमोजिम लोकतन्त्रवादी चेपाङ संघको तदर्थ समिति गठन गरिएको हो । बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहेका सन्तको अध्यक्षतामा गठित संघले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघसँग समन्वय गरी ६ महिना भित्र केन्द्रीय कार्यसमिति विस्तार गरेर अधिवेशन गराउन भनिएको छ ।
अध्यक्षमा मनोनित भएसँगै अध्यक्ष सन्तले केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश अध्यक्षसमेत मनोनयन गरेका छन् । मनोनित हुनेमा वरिष्ठ उपाध्यक्षमा चितवनका अर्जुन चेपाङ, उपाध्यक्षमा दिल्लीराज चेपाङ महासचिवमा धादिङका सुरेन्द्र चेपाङ, सचिवमा रबिन्द्रकुमार चेपाङ, कोषाध्यक्षमा धादिङका बिष्णुमाया चेपाङ र बागमती प्रदेश सभापतिमा खेमबहादुर चेपाङ रहेका छन् ।
अति सीमान्तकृत जनजातिको सूचीमा रहेका चेपाङ समुदायको देशका करिब २६ जिल्लामा बसोबास रहेको छ । विशेष गरी मकवानपुर, धादिङ, चितवन, गोरखा र लमजुङमा चेपाङको बाक्लो बसोबास रहेको छ । २०७८ सालको जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ ।
नेपाल लोकतन्त्रवादी आदिवादी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको मनोनयन कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.25
153.85
European Euro
1
178.17
178.87
UK Pound Sterling
1
204.21
205.01
Swiss Franc
1
194.71
195.48
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
111.46
111.89
Singapore Dollar
1
119.66
120.13
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
40.84
41.00
Qatari Riyal
1
42.06
42.23
Thai Baht
1
4.69
4.71
UAE Dirham
1
41.72
41.89
Malaysian Ringgit
1
38.79
38.94
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.84
23.93
Hong Kong Dollar
1
19.57
19.65
Kuwaity Dinar
1
500.24
502.20
Bahrain Dinar
1
406.34
407.93
Omani Rial
1
398.05
399.61