Opens in a new tab
२०८३ आश्विन २, शुक्रबार
September 18, 2026

प्रथम राप्ती ल्होछार महोत्सव भोलि देखि सुरु, अर्थमन्त्री लामाले उद्घाटन गर्ने

Banako Khabar
२०८० माघ २३ गते, मंगलवार

२३ माघ २०८० राप्ती ९ वानग्रुपमा हुन गइरहेको ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (बुधबार) देखि सुरु हुने महोत्सवको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्ने महोत्सव संयोजक देवराज लामाले जानकारी दिए ।
संयोजक लामाका अनुसार महोत्सवको पूर्वसन्ध्यामा आजै दिउँसो २ बजे बृहत मोटरसाइकल र्याली हुँदैछ । उनले र्यालीमा सम्पूर्ण जनसमुदाय तथा स्थानीयलाई सहभागिताको लागि आह्वान समेत गरेका छन् ।
चितवनमै पहिलो पटक राप्तीमा तामाङ समुदायको संस्कार, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । श्री च्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा उक्त महोत्सव हुन लागेको महोत्सव माघ २४ गतेदेखि २७ गतेसम्म (चार दिन) सञ्चालन हुनेछ ।
२० वटा स्टल रहने महोत्सवमा विशेष गरी तामाङको खानाका परिकार, पहिलेको पुस्ताले प्रयोग गर्ने घरायसी स्रोत साधन, धर्म संस्कृति अनुसार पाठपूजाको प्रदर्शन हुनेछ भने सँगसँगै अन्य समुदायको खानाको परिकार र भेषभूषाको स्टल राखिने छ । महोत्सवमा विशेषगरी तामाङ संस्कृति झल्किने डम्फु सेलो, फापरी सेलो, मेन्दो सेलोलाई जोड दिइने आयोजकले जनाएको छ ।
चितवन, मकवानपुर लगायत अन्य ठाउँका तामाङ समुदायले यस महोत्सवलाई विशेष चासोको रुपमा हेरेको छ भने भोलि हुने वृहत र्यालीमा व्यापक जनसहभागिता हुने अनुमान समेत गरिएको छ ।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.20
153.80
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
185.47
186.20
Australian Dollar
1
108.93
109.36
Canadian Dollar
1
109.48
109.91
Singapore Dollar
1
120.06
120.53
Japanese Yen
10
9.84
9.88
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.78
40.94
Qatari Riyal
1
42.03
42.19
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.71
41.88
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.05
11.09
Swedish Kroner
1
15.59
15.66
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.53
19.60
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
406.38
407.97
Omani Rial
1
397.92
399.48