Opens in a new tab
२०८३ आश्विन २, शुक्रबार
September 18, 2026

इच्छाकामना बिपद ब्यबस्थापन समितीको अध्यक्षमा सौरव चयन

Banako Khabar
२०८० फाल्गुन २२ गते, मंगलवार

२२ फाल्गुन २०८० – इच्छाकामना।
दैवी विपद परेका बेला तत्कालै प्रतिकार्य गर्ने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाको ´बिपद व्यवस्थापन समिति’ गठन भएको छ।

बिपद व्यवस्थापन समिति (डिआरआर) चितवनको आयोजनामा नवौं सदस्य कार्यसमिती गठन गरिएको छ। गठित समितिको अध्यक्षमा सौरव चेपाङ चयन भएका छन। उपाध्यक्षमा बिजय चेपाङ, सचिवमा जीवन प्रजा, कोषाध्यक्षमा सुमित्रा चेपाङ, सह-सचिवमा रितेश प्रजा, सदस्यहरुमा भिम प्रजा, अरुण परियार साथै अन्य २ जना सदस्य मनोनीत हुनेगरी कार्यसमिति चयन गरिएको छ। यसैगरी सल्लाहकारको रुपमा समाजसेवी राजकुमार प्रजा, बिनोद बग्दास, अनिश प्रजा रहेका छन।

गर्मीका कारण आगलागी, नियमित बर्षातका कारण बाढी पहिरो लगायत अन्य बिबिध क्षतिको प्रतिकार्यका लागि पालिका स्तरीय ‘विपद व्यवस्थापन समिति’ गठन गरेको छ। गाउँपालिकामा सोमबार बसेको बैठकले पालिका स्तरीय समिति गठन गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा समितीका केन्द्रिय सदस्य एवम् समाजसेवी वीर बहादुर तामाङ उपस्थित हुनुहुन्थ्यो। उहाँले दैवी प्रकोपको बेला जस्तोसुकै परिस्थितिमा पनि खडा भएर स्वयंसेवकको भुमिकामा अघि बढ्नुपर्ने सुझाव दिनुभयो। बिपदका बेला आफू बांचेर अरुलाई बचाउनु ठूलो चुनौती रहेको भन्दै उद्धार र प्रतिकार्यका लागि बलियो तालिमको आबस्यक्ता रहेकोले छिटै तालिमको आयोजनाका लागि आफुले समन्वय गरिरहेको बताउनुभयो।

दैवी विपद् परेका बेला तत्कालै प्रतिकार्य गर्ने कार्यादेशसमेत समितिलाई बैठकले दिएको छ। जिल्लाको संयोजकत्वमा पालिका स्तरीय समिति गठनसँगै पालिकाको संयोजकत्वमा वडास्तरीय समितिहरुको पनि गठन गर्नुपर्ने अध्यक्ष प्रकाश तामाङले बताए।

आकस्मिक घट्ने दैवी प्रकोपलाई नै विपद् मानिने गरेको भन्दै तामाङले त्यसबाट बँच्न सबै सरोकारवाला निकाय र व्यक्ति सचेत हुनुपर्ने बताए।
विपद्को योजना, पूर्वतयारी, प्रतिकार्य, जोखिम न्यूनिकरण, उद्धार, राहत, पुनःस्थापना, पुनः निर्माण जस्ता कार्य गर्नका लागि विपत व्यवस्थापन समिति गठन गरिएको जनाएको छ। गठित समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न नगर र वडास्तरीय सबै समिति संयोजकलगायत सदस्यहरुलाई आवश्यक निर्देशन समेत दिइसकिएको तामाङले बताए ।

अहिलेको मौसम विपद् भित्र्याइसकेको अवस्था भएको र अन्य थुप्रै सम्भावित विपद्का घट्नाहरु हुने जोखिम बढेको भन्दै जिल्ला कार्य समितीले तत्काल उद्धार र प्रतिकार्यका लागि तैनाथ रहन बैठकले समितिलाई निर्देशनसमेत दिएको छ।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.20
153.80
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
185.47
186.20
Australian Dollar
1
108.93
109.36
Canadian Dollar
1
109.48
109.91
Singapore Dollar
1
120.06
120.53
Japanese Yen
10
9.84
9.88
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.78
40.94
Qatari Riyal
1
42.03
42.19
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.71
41.88
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.05
11.09
Swedish Kroner
1
15.59
15.66
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.53
19.60
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
406.38
407.97
Omani Rial
1
397.92
399.48