नेपाल मगर महिला संघ केन्द्रिय साँस्कृतिक उपाध्यक्ष देवी थापा मगरले बाँकावीर प्रथम सहिद दाबी गरिएको प्रति आपती जनाउनु भएको छ । प्रथम सहिद क्या. लखन थापा रहेको घोषण गरे पनि बाँकावीर नै हो भनेर दाबी गर्नु आपतिजनक रहेको बताउनुभएको हो । १४७ औं प्रथम सहिद लखन थापामगरको समृती दिवसमा आयोजित दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “क्या. लखन थापामगर प्रथम सहित हुन् । तर बाँकावीर लाई प्रथम सहित भन्दै हाम्रो भावना माथि खेलवाड गरिदै छ ।” बाँकावीर प्रथम सहित भएको कुनै तथ्य र प्रमाण नभएको उपाध्यक्ष मगरले दाबी गर्नुभयो ।
वि.स १९३३ फागुन २ गते जंगबहादुर राणाको निरंकुश राणाशासनविरुद्ध विद्रोह गर्दा लखन थापालाई रुखमा झुन्डाएर मृत्युदण्ड दिइएको थियो । राणाशासनविरुद्ध विद्रोह गरेकाले नेपाल सरकारले उनलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो । २०७२ असोज ३ गते आएर औपचारिक रूपमा उनलाई नेपालको पहिलो सहिदको दर्जा दिइयो । तर सुरतबहादुर शाहले २०५७ सालमा ‘नेपालका प्रथम अमर सहिद बाँकावीर’ पुस्तक प्रकाशन गरेका थिए । जंगबहादुरको विरोध गर्दा १९०६ सालमा मारिएकाले बलदेव शाह (बाँकावीर)लाई प्रथम सहिद मान्नुपर्ने सुरतबहादुरको तर्क छ । जसलाई सम्पुर्ण मगर समुदायले तथ्यहिन रहेको मान्दै आएको छ ।
यस्तै नेपाल मगर संघ बागमति प्रदेश समिति चितवन इन्चार्ज महेन्द्र थापा मगरले सबै सरकारी कार्यालयमा प्रथम सहिद लखन थापाको फोटो राख्न सक्रिय हुनुपर्ने बताउनुभयो । यसमा सबै जागरुक हुनुपर्ने उहाँको भनाई छ । प्रथम सहिद थापा पहिलो व्यक्ति थिए जो नेपाली राजनीतिक प्रति असन्तुष्ट थिए । र राणा बंसको शासनको प्रतिरोध गरेका थिए ।
गोरखा जिल्लाको बुङकोटमा १८९१ सालमा उनको जन्म भएको थियो । १९३२ सालतिर राणाविरुद्ध लड्न जनसेना तयार गरेका थिए । स्थानीय जनताको सहयोगमा लखनले बुङकोटमा तीनतले दरबार पनि बनाएका थिए । त्यस दरबारमा दिनहुँ स्थानीय जम्मा भई जंगबहादुरको अत्याचार सम्बन्धमा छलफल हुने गथ्र्यो । लखनले स्थानीय युवा र भूतपूर्व सैनिकलाई लिएर दुई हजार जतिको फौज तयार गरेका थिए ।
यो खबर पाएर जंगबहादुरको देवीदत्त पल्टन गोरखा पुग्यो । दुवै पक्षबिच युद्ध भयो तर लखनको फौजसँग गोली–बारुद सकिएपछि युद्ध रोकियो । लखन भाग्न सक्थे, वीरता र बलिदानी प्रदर्शन गर्न नभागी उनी लगायतले गिरफतारी दिए । लखनलाई उनकै दरबार किल्लाभित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिईएको थियो । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ चितवनका संस्थापक सचीव सुशील राना मगर लगायतले मन्तव्य राख्नु भएको थियो । नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुर सिह आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर विद्यार्थी संच चितवनका सचीव प्रतिक थापा मगरले सहजिकरण गर्नुभएको थियो ।
बाँकावीर प्रथम सहिद भएको तथ्य छैनः उपाध्यक्ष थापा

यो पनि पढौँ
ताजा खबर
सबै
राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित

इच्छाकामना बिपद ब्यबस्थापन समितीको अध्यक्षमा सौरव चयन
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.20
153.80

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
185.47
186.20

Australian Dollar
1
108.93
109.36

Canadian Dollar
1
109.48
109.91

Singapore Dollar
1
120.06
120.53

Japanese Yen
10
9.84
9.88

Chinese Yuan
1
22.84
22.93

Saudi Arabian Riyal
1
40.78
40.94

Qatari Riyal
1
42.03
42.19

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.71
41.88

Malaysian Ringgit
1
37.37
37.52

South Korean Won
100
11.05
11.09

Swedish Kroner
1
15.59
15.66

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.53
19.60

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
406.38
407.97

Omani Rial
1
397.92
399.48









