Opens in a new tab
२०८३ आश्विन २, शुक्रबार
September 18, 2026

पाँचौ मनहरी महोत्सव समापन, ५० हजारभन्दा बढीले गरे अवलोकन

Banako Khabar
२०८० माघ २९ गते, सोमबार

मनहरी । माघ २९ गते । पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरीमा सञ्चालित पाँचौ मनहरी महोत्सवको आइतबार दिउँसो समापन गरिएको छ ।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङसहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि कालाखेतीले कृषिलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताउँदै पश्चिम क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पाँचौ मनहरी महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कोरोनाकालपछि पहिलोपटक आयोजना भएको महोत्सव असफलतातिर जाला कि भन्ने डरका बीच भब्य रुपमा सम्पन्न भएकोमा खुसी समेत ब्यक्त गर्नुभयो । कृषि र पर्यटनको विकासका लागि स्थानीय सरकारको तर्फबाट पूरापूर सहयोग गर्न आफूहरु तत्पर रहेको उहाँको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पश्चिम क्षेत्रका साझा समस्याका सन्दर्भमा सामूहिक धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गणतन्त्र प्राप्तिपछि पश्चिम मकवानपुरको विकासमा फड्को मारेको दाबी गर्दै उहाँले अहिले गणतन्त्रको विरोध गर्नेहरुलाई समेत कामले जबाफ दिनेगरी काम गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले मनहरीबाट खैराङ हुँदै मलेखु पुग्ने बाटो साँडे २ घण्टामै सकिने जानकारी दिँदै मनहरीमा बसपार्क निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य कृष्णबहादुर कटुवाल, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, बागमती प्रदेशका पूर्व सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका २ नं वडाध्यक्ष राजकुमार पाख्रिन, ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदी, नेपाली काँग्रेसका मनहरीका सभापति प्रकाश बर्ताैला, नेकपा एमाले मनहरीका अध्यक्ष नवीन सुवेदी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका निवर्तमान सभापति नारायण सुवेदी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेशमान मानन्धरको सभाध्यक्षतामा भएको कार्यक्रममा शोभायात्रामा सहभागी संघसंस्थाहरु, सहभागी कलाकारहरु, कार्यक्रम सञ्चालक, सञ्चारकर्मी लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
माघ १६ गतेबाट सुरु भएको महोत्सवमा ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको आयोजकको दाबाी छ । माघ २० गते शनिबार र ल्होछार समेत परेको माघ २७ गतेको शनिबारका दिन थामिनसक्नुको भीड थियो । त्यसैगरी गायिकाहरु ज्योति मगर, उर्गेन दोङ, एलिना चौहान लगायतका चर्चित कलाकारहरुको आगमन भएको दिनमा समेत दर्शकहरुको बाक्लो भिड थियो ।
महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा लाइभ लोकदोहोरी प्रतियोगिता समेत आयोजना गरिएको थियो । त्यसैगरी स्थानीय कलाकारहरु, स्थानीय ब्याण्डसहित आस्था कला केन्द्रका कलाकारहरु नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा १५० वटा स्टल राखिएका थिए । तीमध्ये केही स्थानीय उत्पादन र स्थानीय ब्यापारिक प्रतिष्ठानहरु समेत थिए । राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाबाट कृषि प्रदर्शनीसहित मनहरीको च्याउको मम, छोइला, तामा, माछासहितको होटल, मट्का चिया, गिट्ठा, सिस्नुको सुपसहितका परिकारहरु महोत्सवमा राखिएका थिए ।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.20
153.80
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
185.47
186.20
Australian Dollar
1
108.93
109.36
Canadian Dollar
1
109.48
109.91
Singapore Dollar
1
120.06
120.53
Japanese Yen
10
9.84
9.88
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.78
40.94
Qatari Riyal
1
42.03
42.19
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.71
41.88
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.05
11.09
Swedish Kroner
1
15.59
15.66
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.53
19.60
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
406.38
407.97
Omani Rial
1
397.92
399.48