मनहरी–माघ १६ गते । मनहरी खोला किनारमा व्यवस्थापन गरिएको पाँचौ मनहरी महोत्सवको उद्घाटन भब्य समारोहका बीच भएको छ । माघ १६ गतेदेखि २८ गतेसम्म १२ दिन सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले भब्य समारोहका बीच उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विकासका लागि यहाँ स्थानीय सरकारले गरिरहेको प्रयत्नको सन्दर्भ जोड्दै उद्योगी व्यवसायीहरु निराश भइरहेका बेला सरकारले ढाडस दिनुपर्ने बताउनुभयो । उहाँले मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । ‘यहाँको पर्यटन विकासका लागि रमौली प्रतापपुर क्षेत्रलाई मिनी सौराहको रुपमा विकास गर्ने कुरा, मनहरी बजार जोगाउनका लागि तटबन्धन निर्माण गर्ने बिषयहरु मेरो जानकारीमा छ’, उहाँले भन्नुभयो–‘मैले दुबै कामलाई एकसाथ अघि बढाउनेछु ।’
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पश्चिम मकवानपुरको पहिचान प्रदर्शन गर्नका लागि महोत्सव निकै उपयोगी भएको बताउनुभयो । राक्सिराङ गाउँपालिकाले सञ्चालन गरिरहेको हाट बजारको प्रसंग समेत जोड्दै उहाँले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने कार्यका लागि महोत्सव फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका अध्यक्ष कृष्ण कुमार गुप्ता, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी रेखा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, राजनीतिक दलका तर्फबाट प्रकाश बर्ताैला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
उदघाटन कार्यक्रम अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट विभिन्न संघसंस्था, धार्मिक र जातीय प्रतिष्ठानहरु, शैक्षिक प्रतिष्ठान लगायतले आफ्नो पहिचानसहितको झाँकी प्रदर्शन गर्दै शोभायात्रा निकालेका थिए । ८ नं वडा कार्यालयबाट सुरु भएको शोभायात्रा मनहरी बजार हुँदै रिभर साइडको बाटो भएर महोत्सवस्थल पुगेको थियो । महोत्सवको उदघाटन सत्रमा सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु, स्थानीय संघसंस्थाका अगुवाहरु, भद्रभलाद्मीहरु, शिक्षक, विद्यार्थीहरु, गृहिणीहरु सहभागी हुनुहुन्थ्यो ।
पाँचौ मनहरी महोत्सव भब्यताका साथ शुरु, १२ दिनसम्म चल्ने

यो पनि पढौँ
ताजा खबर
सबै
राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित

इच्छाकामना बिपद ब्यबस्थापन समितीको अध्यक्षमा सौरव चयन
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.25
153.85

European Euro
1
178.17
178.87

UK Pound Sterling
1
204.21
205.01

Swiss Franc
1
194.71
195.48

Australian Dollar
1
109.58
110.01

Canadian Dollar
1
111.46
111.89

Singapore Dollar
1
119.66
120.13

Japanese Yen
10
9.65
9.69

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
40.84
41.00

Qatari Riyal
1
42.06
42.23

Thai Baht
1
4.69
4.71

UAE Dirham
1
41.72
41.89

Malaysian Ringgit
1
38.79
38.94

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.84
23.93

Hong Kong Dollar
1
19.57
19.65

Kuwaity Dinar
1
500.24
502.20

Bahrain Dinar
1
406.34
407.93

Omani Rial
1
398.05
399.61









