Opens in a new tab
२०८३ आश्विन २, शुक्रबार
September 18, 2026

प्रदेश समन्वय परिषद कतारको नयाँ नेतृत्वमा ललित चयन

Banako Khabar
२०८० फाल्गुन ३ गते, बिहीबार

कतार –

बाग्मती प्रदेश समन्वय परिषद कतारले आफ्नो तेस्रो अधिबेशन मङ्गलबार सम्पन्न गरेको छ। अधिबेशनबाट अध्यक्षमा सर्बसहमतीद्वारा ललितकुमार तामाङ चयन भएका छन।

बरिस्ठ उपाध्यक्ष सुनिल कुमार घिमिरेले स्वागत मन्तव्य राखेका अधिबेशनबाट २०२४-२०२६ कार्यकालको लागि ललित कुमार तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन, जसमा अध्यक्ष-ललित कुमार तामाङ – रामेछाप, बरिस्ठ उपाध्यक्ष-सुनिल कुमार घिमिरे – काठमाडौ, महिला उपाध्यक्ष-ममता रानाभाट – रामेछाप, महासचिव-गणेश अधिकारी – दोलखा, सचिब-कुल बहादुर घले (आयुष) – धादिङ, कोषाध्यक्ष-सुदर्शन भण्डारी – नुवाकोट, सदस्यहरु-मिन बहादुर ढकाल – धादिङ, गंगा बहादुर सुनुवार – सिन्धुली र प्रकाश दर्नाल – रामेछापका रहेका छन भने उपाध्यक्ष, सह- कोषाध्यक्ष र बाकी रहेको अन्य सबै पदपूर्तिको टुङ्गो कार्यसमितिको पहिलो बैठकले लगाउने बताइएको छ।

खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा बोल्ने क्रममा प्रमुख अतिथि नेपालले पुरानो कुरा बिर्सेर अगाडि आउने चुनौतीलाई सहज रुपमा समाधान गर्नको लागि केही परिवर्तनहरु गर्न आवश्यक रहेको र आज त्यो सम्भव भएको बताए। उनले भने ” हामिले नयाँ घर बनाउदै छौ र यो बन्दै गरेको नयाँ घर नितान्त नयाँ डिजाइन र मजबुत हुनेमा म बिस्वस्त छु।” नेपालले थप बोल्दै अब बन्ने परिषदको नयाँ कार्यसमितिले समग्र बाग्मती प्रदेशलाई समेटेर हातेमालो गर्दै अघि बढ्नेमा कुनै शङ्का नरहेको धारणा व्यक्त गर्दै नयाँ बन्ने कार्यसमितिलाई अग्रीम बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

परिषदका कोषाध्यक्ष सुदर्शन भण्डारीले आर्थिक प्रतिबेदन सुनाएको कार्यक्रमको सहजीकरण रामेछाप सेवा समाज कतारका अध्यक्ष एन.बि घिसिङले गरेका थिए भने कार्यक्रमको अन्तमा सभापति राजेन्द्र देवकोटाले तेस्रो विशेष अधिबेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै नयाँ बन्ने सम्पूर्ण कार्यसमितिको टिमलाई सफल कार्यकालको शुभकामना दिएर खुल्ला सत्र कार्यक्रमको समापन गरेका थिए।

खुल्ला सत्र समापन पछि कार्यक्रम दोस्रो चरण अन्तर्गको बन्द सत्रमा प्रवेश गरेको थियो भने सोही बन्द सत्र कार्यक्रमबाट अध्यक्षमा ललित कुमार तामाङ सहित ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन । व्यवसायी आर.सी पन्थ, काभ्रे सेवा समाजका अध्यक्ष पुर्ण बहादुर लामा र अर्का एक जना गरी ३ सदस्यीय निर्वाचन समिति रहेको बन्द सत्रमा नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई व्यवसायी आर.सी पन्थले सपथ ग्रहण गराएका थिए।

परिषदका अध्यक्ष राजेन्द्र देवकोटा (राज) को सभापतित्व, समाजसेवी तथा सामाजिक व्यक्तित्व सागर नेपालको प्रमुख आतिथ्यता, समाजसेवी एवंम सफल व्यवसायी आर.सी पन्थको विशिस्ट आतिथ्यता र बाग्मती प्रदेश अन्तर्गतका जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ताहरु र केही मिडियाकर्मी पत्रकार लगायतको बाक्लो उपस्थितिमा नज्मा स्थित वल्ड दरबार रेस्टुरेन्टको सभाहलमा अधिबेशन कार्यक्रम सम्पन्न भएको हो।

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.20
153.80
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
185.47
186.20
Australian Dollar
1
108.93
109.36
Canadian Dollar
1
109.48
109.91
Singapore Dollar
1
120.06
120.53
Japanese Yen
10
9.84
9.88
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.78
40.94
Qatari Riyal
1
42.03
42.19
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.71
41.88
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.05
11.09
Swedish Kroner
1
15.59
15.66
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.53
19.60
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
406.38
407.97
Omani Rial
1
397.92
399.48